सभामुख अग्निप्रसाद सापकोटा उम्मेदवार नबन्ने

‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलनगर्दै उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन सापकोटाले उम्मेदवारी नबन्ने घोषणा गरेका हुन् ।

२०६४, २०७० मा संविधानसभा सदस्य रहेका सापकोटाले २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए ।

- Advertisement -
Ad image

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार यो क्षेत्र कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीले पाएको छ ।

सापकोटाले भनेका छन्, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्