उम्मेदवारले मनोनयन दर्ता गर्दा १८ बुँदे स्वघोषणा गर्नुपर्ने आयोगको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने भएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्।

- Advertisement -
Ad image

निर्वाचनमा उम्मेदवार हुने व्यक्ति नेपालको संविधानप्रति पूर्ण निष्ठावान हुनुपर्ने, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने स्मरण आयोगले गराएको छ । आयोगले आगामी २३ गते आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि सार्वजनिक गरिसकेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्