गठबन्धनको बैठक बालुवाटारमा जारी, जसपा अनुपस्थित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित भएको छ ।

सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु भने नआएको एक नेताले जानकारी दिए । गठवन्धनले जसपालाई जम्मा १६ सिट मात्र दिने बाहेपछि जसपा गठबन्धन छाडेर नेकपा एमालेसँग गठवन्धन गर्ने तयारीमा जुटेको छ ।

- Advertisement -
Ad image

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार जसपा र एमालेबीच गठवन्धनका लागि आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । छलफल सकारात्मक ढंगले अघि बढेको र सहमति नजिक पुगेको उनले जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्