काठमाडौं– तेल उत्पादक समूह (ओपेक)ले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौती गर्ने निर्णय गरेसँगै मुल्य बढ्ने प्रक्षेपण गर्न थालिएको छ । ओपेकको तेल उत्पादन कटौती गरेमा पेट्रोलको मूल्यमा वृद्धि हुने संकेत भएको जनाइएको छ ।
बुधबार ब्रेन्ट क्रुडको एक ब्यारेलको मुल्य झण्डै २ प्रतिशतले बढेर ९३ डलर प्रति ब्यारेल पुगेको छ। केही दिन अगाडिसम्म यसको मुल्य ८७ डलरमा झरेको थियो। ओपेक प्लसका सदस्यहरू तेल उत्पादन तथा बिक्री गर्ने एक समूह हो।
जसमा साउदी अरेबिया र रुस समावेश छन्। उनीहरूले प्रतिदिन २० लाख ब्यारल तेलको उत्पादन घटाउने बताएका छन्। सो समूहले घट्दो मुल्यमा नियन्त्रण गर्न यो निर्णय गरेका हुन्। आरएसी मोटरिङ समूहका प्रवक्ता साइमन विलियम्सले बुधबार घोषणा गरिएको कटौतीले तेलको मूल्य उच्च बनाउने बताए। जसले इन्धनको थोक मूल्य बढाउनेछ। ओपेकले सन् २०२०मा कोभिड महामारीपछि सबैभन्दा धेरै तेल कटौतीको घोषणा गरेका हुन् ।
युक्रेनमा युद्धले आपूर्ति अवरुद्ध हुँदा यसवर्ष तेलको मूल्य बढेपछि अमेरिका लगायतका देशहरुले ओपेक समुहलाई थप उत्पादन बढाउन भनेका थिए।


प्रतिक्रिया दिनुहोस्