ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या, श्रीमान पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – धनुषामा ऋणको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन । मिथिला विहारी नगरपालिका-५ ललियास्थित असोज ४ गते बाँसघारीमा स्थानीय रामा मण्डलको श्रीमती ४५ वर्षीया जिवछी देवी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्दै जाँदा ५० वर्षीय श्रीमानले नै श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार क्रिया बसेको मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

- Advertisement -
Ad image

बैदेशिक रोजगारीका लागि लिएको ऋणका विषयलाई लिएर श्रीमान श्रीमतीबीच विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  श्रीमतीले श्रीमानलाई गाली गरेको निहुँमा श्रीमतीको टाउकोमा कोदालोको पछाडिको बिटले हिर्काएका थिए । प्रहरीका अनुसार मृतकको टाउको फुटी डिलबाट भुँइमा लडेर छटपटिन थाले पछि पुनः टाउकोमा हिर्काइ हत्या गरेका थिए ।

घटनाको विषयमा शंका नहोस् यसका लागि मृतकको चुरा फोडेर यत्रतत्र छरेर कोदालो फाली त्यहाँबाट फरार भएका थिए । अनुसन्धान गर्दै जाँदा श्रीमानकै संलग्नता रहेको खुलेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: