मेरो हत्याको षडयन्त्र हुँदै छ: इमरान खान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाए।

मरियम पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन्। ‘ धार्मिक कट्टरपन्थीमार्फत मेरो हत्या गर्न मरियम नवाज र उनका सहयोगीहरूले मेरो विरुद्ध सांप्रदायिकता र धार्मिक घृणाको प्रचार गरेका छन्’, खानले भने।

- Advertisement -
Ad image

आफूलाई मृत्युसँग डर नभएको उनले बताए। गत शनिबार लाहोरबाट करिब ४० किलोमिटर टाढा रहिम यार खानको एक र्‍यालीमा पनि पीटीआईका अध्यक्षसमेत रहेका खानले आफ्नो हत्याको षडयन्त्र भएको दाबी गरेका थिए। ‘चार जनाले मलाई मार्ने ’बन्द ढोका’ पछाडि निर्णय गरेका थिए’, उनले भने।

पूर्व क्रिकेटर खानले बारम्बार हत्याको षडयन्त्र भएको दाबी गर्दै आएका छन्। संसदमा अविश्वासको प्रस्तावमार्फत हटाइएका खान सत्ताच्युत भएपछि सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन्।

ऐजेन्सी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्