निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ गते हुने निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्ने सरकारको निर्णयलाई स्वीकृत गरेकी छन् ।

“राष्ट्रिय सुरक्षा परिषदको मिति २०७९ भदौ २७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९ भदौ २७ को पत्रको आधारमा सम्वत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -
Ad image

सरकारको सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र सेना परिचालन हुने संवैधानिक व्यवस्था छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्