भन्सार विभागद्वारा भेइकल स्क्यानर मेसिन जडान र सञ्चालनका लागि प्रस्ताव माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौ– भन्सार विभागले भेइकल स्क्यानर मेसिन जडान र सञ्चालन गर्न इच्छुक निजी कम्पनीसँग प्रस्ताव माग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न भन्सार नाकामा मालवाहक सवारी साधन र कन्टेनर जाँच गर्न स्क्यानर मेसिन जडानका लागि निजी क्षेत्रसँग प्रस्ताव मागेको जानकारी दिएको छ ।

नेपालमा १७ वर्षअघि चीन सरकारले भेइकल स्क्यानर मेसिन अनुदानमा दिएको थियो । तर कर्मचारी अभाव, नियमित बिजुली आपुर्तीमा समस्या, मर्मत संभार गर्ने प्राविधक ज्ञानको कमी जस्ता कारण देखाएर भेइकल स्क्यानर मेसिन सञ्चालन गर्न नसकेको भन्सार विभागले वीरगञ्ज सुख्खा बन्दरगाह र विमानस्थल भन्सार कार्यालयमा राखेका स्क्यानर मेसिन भने पूर्ण सञ्चालनमा आउन सकेका थिएनन् ।

यसपटक सरकारले आफैं मेसिन सञ्चालन गर्ने नभइ स्वदेशी तथा विदेशी निजी कम्पनीमार्फत चलाउन खोजेको छ । विभागले असोज १ गते सूचना प्रकाशित गर्दै इच्छुक कम्पनीलाई कति दर रेटमा स्क्यान गर्ने, सञ्चालन मोडालिटी, लागत लगायका विषयमा १ महिनाभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array