काठमाडौँ – क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ। छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ।
पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ।
‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गरेका छन ।
प्रतिक्रिया दिनुहोस्