सेयर बजारमा छायो हरियाली, कारोबार रकम भने बढेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – मंगलबार सेयर बजारमा हरियाली छाएको छ। परिसूचक २.१९ अंकले बढेर १९९५.३४ विन्दुमा रोकिएको छ। परिसूचक सामान्य बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ। सोमबार एक अर्ब २६ करोढ रुपैयाँको कारोबार भएकोमा मंगलबार एक अर्बको किनबेच मात्र भयो।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको किनबेचले भने तिव्रता पाएको छ। कम्पनीले चुक्ता पुँजी बढाउन ८८.४५ प्रतिशत हकप्रद प्रस्ताव गरेको हो। जस कारण इन्स्योरेन्सको मात्रै करोड रुपैयाँको सेयर कारोबार भएको छ। एलआइसी इंडियाले कम्पनीमा आफ्नो स्वामित्तको ८८.४५ प्रतिशतपुँजी थप्ने भएपछि सेयरमा आकर्षण झनै बाक्लो भएको हो। ११ सयको मूल्य रेखा तल ओर्लिएको सेयर मूल्यले हकप्रदको सूचना आउनुपूर्व १६ सय ७७ रुपैयाँसम्मको यात्रा तय गरिसकेको थियो। यस दौरान सेयर मूल्य ५७ प्रतिशत उचालिएको छ।

- Advertisement -
Ad image

यस्तै, एनटिसीले फाइभजी परीक्षणको तयारी शुरु गरे लगत्तै सेयर मूल्यमा क्रेताको चाप बढर्को छ। आज ३.३० प्रतिशतले कम्पनीको सेयर भाउ बढेको छ। मंगलबार सर्वाधिक कारोबार भएको स्टक पनि एनटिसीको हो। ९ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: