१० निर्माण कम्पनी दुई वर्षसम्मका लागि कालोसूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यलयले सूचना जारी गर्दै विभिन्न आयोजनामा काम गर्ने १० निर्माण कम्पनीलाई दुई वर्षसम्मको लागि कालोसूचीमा राखेको छ । आयोजनाको निर्माण कार्य पटकपटक ताकेता गर्दा पनि समयमा सम्पन्न गर्न नसकेपछि कालोसूचीमा राख्न बाध्य भएको जानकारी दिएको छ ।
समयमा काम सम्पन्न नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्नको लागि विभिन्न सार्वजनिक संस्थाहरुले सिफारिस गरेको पनि जानकारी दिएको छ । कालोसूचीमा राखिएका कम्पनीहरुले अबको एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामाको काम गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा चन्द्र सूर्य निर्माण सेवा प्रालि, छथर निर्माण सेवाले शहरी विकास तथा भवन निर्माण अन्तर्गत निर्माणाधीन नयाँ शहर आयोजनाको तीन वटा ठेक्काको काम अलपत्र पारेको थियो।
यस्तै एलबी एण्ड एबी बिल्डर्स, मनन कन्स्ट्रक्सन, एमएस मिसु ट्रेडिङ निर्माण कम्पनीहरुले विभिन्न गाउँपालिकाको आयोजनाहरु अलपत्र पारेका थिए। ती कम्पनीले अबदेखि एक वर्षसम्मको लागि सार्वजनिक खरिद प्रक्रियाको काम गर्न पाउदैनन् ।
यसैगरी सुनकोसी कन्स्ट्रक्सन नेपाललाई भने २ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखेको छ । यो कम्पनीले सडक बोर्ड नेपाल अन्तर्गत रहेको निर्माणाधीन सडक आयोजनाहरु अलपत्र पारेको थियो।
नताशा निर्माण सेवा, नशस् कन्सर्न र सहारा निर्माण सेवा एक वर्षको लागि कालोसूचीमा परेका छन्। नताशा निर्माण सेवाले ४ वटा निर्माणाधीन आयोजनाको काम अलपत्र पारेको जानकारी दिएको छ। समयमा काम पुरा नगर्ने र तोकिएको मापदण्ड अनुसारको काम नगर्ने अन्य कम्पनीलाई पनि कालोसुचीमा राख्ने जानकारी कार्यलयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array