नेप्सेमा  हरियाली: शिवम् सिमेन्टको सर्बाधिक कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

साताको अन्तिम दिन पनि नेप्सेमा  हरियाली छाएको छ ।आज नेप्से परिसूचक १२.९२ अंकले बढेर २,१४०.३९ को विन्दुमा कायम भएको हो । आज २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ६ करोडमाथि शेयर कारोबार भएको छ ।

नेप्सेमा रिलायन्स लाईफ इन्स्योरेन्सको कारोबार रोक्का रहेको छ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसंग मर्ज हुने सम्झाय्ता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ।

तर शुक्रबार अचानक रिलायन्सको कारोबार सुरु भयो र कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको १०० कित्ता कारोबार भएको छ र अन्तिम मूल्य ३६८।५ रुपैयाँ कायम रहेको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसबारे आफुलाई भर्खर थाहा भएको र समबन्धित विभागमा बुझे पछि मात्र के भएको हो भन्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array