प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि माहोल बनाउन कार्यकर्तालाई माधव नेपालको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले विश्व शक्ति राष्ट्रहरुका बीचमा द्वन्दका खतराहरु देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली जनतामा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरुको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने बताउनुभयो । उहाँले देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको पनि बताउनुभयो ।

उहाँले पार्टीको काममा सक्रियापूर्वक लाग्न र गरेका कामको प्रचार–प्रसार गर्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array