नाफा बुक गर्ने बढ्दा नेप्सेमा देखियो ३२ अंकको करेक्सन, कारोबार रकम ७ अर्ब १८ करोडमा सीमित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – अघिल्लो साताको वृद्धिसँगै नाफा सुरक्षित गर्न अल्पकालीन लगानीकर्ताले सेयर बिक्री बढाउँदा (नाफा बुक गर्दा) नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा झरेको छ। साताको पहिलो कारोबार दिन बजार सुरु भएदेखि नै ओरालो लागेको थियो। परिसूचकमा गिरावट आएसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खुम्चिएर ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

यस दिन कुल ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। बजारमा व्यापक गिरावट आउँदा कारोबार भएकामध्ये केवल २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्य घटेको छ र ६ कम्पनीको मूल्य स्थिर रह्यो।

- Advertisement -
Ad image

बजारका सबै १३ वटै उपसमूहको सूचक राताम्मे भएका छन्। जसमा विकास बैंक उपसमूह सबैभन्दा बढी १.८८ प्रतिशतले ओरालो लागेको छ। घट्दो बजारमा पनि हालै सूचीकृत भएको बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १३.५८ प्रतिशतले बढेको छ भने सानिमा लार्ज क्याप फन्डको मूल्य करिब ५ प्रतिशतले घटेको छ। आज घलेम्दी हाइड्रोको सबैभन्दा धेरै ३७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्