काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटका क्रममा नेपाल र बेलायतबीचको द्विपक्षीय सहयोग, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा आगामी कोप–३१ सम्मेलनलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।
भेटमा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोग र समन्वयका विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्