बलिउड सुपरस्टार अमिताभ बच्चनको बंगला बमले उडाइदिने धम्की, गायक दिलजित दोसाँझ पनि निसानामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – बलिउडका वरिष्ठ अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई प्रहरीले उच्च सतर्कता अपनाउँदै अनुसन्धान सुरु गरेको छ। मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रमा रहेको एउटा विद्यालय र मुम्बईका मेयर रितु तावडेलाई प्राप्त भएको धम्कीपूर्ण इमेलमा अभिनेता बच्चनको मुम्बईस्थित बंगलालाई बम विस्फोट गराएर उडाइदिने चेतावनी दिइएको हो।

इमेलमा बच्चनको निवासमध्ये ‘जलसा’ वा ‘प्रतीक्षा’ कुन बंगलामा विष्फोट गराउने भन्ने स्पष्ट नभए पनि ‘जलसा’ लाई निसाना बनाइने उल्लेख रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

- Advertisement -
Ad image

भारतीय अनलाइन दैनिक भास्करका अनुसार उक्त इमेलमा आगामी अक्टोबर ३१ देखि नोभेम्बर २७ भित्र जुनसुकै बेला पनि बंगलालाई निसाना बनाइने चेतावनी दिइएको छ। यो सम्भावित हमला सन् १९८४ को ‘अपरेसन BLU STAR’ को बदला लिने उद्देश्यले गर्न लागिएको इमेलमा दाबी गरिएको छ।

सोही इमेलमार्फत पन्जाबी स्टार गायक दिलजित दोसाँझमाथि पनि आत्मघाती हमला गरेर ज्यान लिने धम्की दिइएको छ। केही दिनअघि मात्र मुम्बईमा अभिनेता टाइगर श्राफ सवार कारमा गोली प्रहार भएको घटनाको पाँच दिनपछि यो सनसनीपूर्ण धम्की आएको हो।

घटना सार्वजनिक भएलगत्तै मुम्बई प्रहरीले सेल सेल टोली र साइबर शाखाको मद्दत लिएर इमेल पठाउनेको खोजी तथा अनुसन्धान तीव्र पारेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्