दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइँदै छ ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी रहेको थियो । त्यसैले विजया दशमीको दिन टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर टीका थापिरहेका छन् ।

- Advertisement -
Ad image

बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।

त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवं आशीर्वाद लिने तथा दिने क्रम जारी नै रहेकाले काठमाडौंमा चहलपहल बढ्न थालेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्