आज दशैं टीकाकाे तेस्राे दिन: मान्यजनको हातबाट टीका-जमरा थाप्ने क्रम जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ। रातो टीका र पहेँलो जमरा सिउरिएर मान्यजनबाट शुभ आशीर्वाद लिन नेपालीहरू टाढा-टाढासम्म यात्रा गरिरहेका छन्।

बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने विशेष परम्परा रहे पनि टाढा-डाढा रहेका माइती, मावली तथा आफन्तकहाँ एकै दिन पुग्न सम्भव हुँदैन। त्यसैले विजयादशमीपछिका दिनहरूमा पनि टीका लगाउने चलन रहँदै आएको छ।

- Advertisement -
Ad image

दशैँको टीका लगाउने यो क्रम विजयादशमीदेखि सुरु भई कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्छ। विजयादशमीका दिन टीका थाप्न नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू यतिबेला मान्यजनकोमा पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्