काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएका छन् ।
क्यानले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ए टी–२० को आधिकारिक मान्यता प्राप्त गरेका छन्’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि गत शुक्रबार एनपीएललाई आईसीसीले मान्यता दिएको थियो । लिस्ट ए स्टाटसका बारेमा भने आज आधिकारिक जानकारी आएको हो । क्यानले यस मान्यताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
एनपीएल कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्