काठमाडौँ – नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुमा सामान्य समस्या देखिएपछि काठमाडौँको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।
आईतबार स्वास्थ्यमा एक्कासि केही असजिलो महसुस भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जानकारी दिएका छन् । अस्पतालका अनुसार हाल खनालको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ भने चिकित्सकहरूको टोलीले उनको आवश्यक स्वास्थ्य परीक्षण र नियमित निगरानी गरिरहेको छ ।
खनाल अस्पताल भर्ना भएको खबर सार्वजनिक भएलगत्तै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उनको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन् । अस्पतालमा अध्यक्ष ओलीले खनालसँग प्रत्यक्ष भेटघाट गरी उनको स्वास्थ्य स्थिति र उपचारबारे जानकारी लिएका थिए । सो क्रममा ओलीले खनालको उपचारमा संलग्न चिकित्सकहरूसँग परामर्श गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्