काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ७.०६ अंकले बढेर २,६५४.२८ विन्दुमा पुगेको हो ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७१ अंकले बढेर ४७३.७९ विन्दुमा पुगेको छ । बजार सामान्य अंकले बढे पनि आज कारोबार रकम भने उत्साहजनक देखिएको छ । दिनभरि कुल ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ ।
आजको कारोबारमा १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ । बाँकी ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ७ उपसमूहको सूचक सकारात्मक रहे भने ६ उपसमूहको सूचक ओरालो लागे । जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी १.३६ प्रतिशतले वृद्धि भएको छ ।
आजको बजारमा मिड सोलु हाइड्रोपावर र फष्ट माइक्रो फाइनान्स लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । अर्कातर्फ, स्नो रिभर्स र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्