एन्टिबायोटिक प्रतिरोध र क्रिटिकल केयर सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा सम्पन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – नेपालमा जीवनरक्षक औषधिहरूको बढ्दो प्रतिरोध (रेसिस्टेन्स) र गम्भीर बिरामीहरूको उपचार प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ राजधानीमा एक विशेष गोष्ठी सम्पन्न भएको छ। नेपलिज सोसाइटी अफ क्रिटिकल केयरको आयोजनामा ‘एन्टिब्याक्टेरियल रेसिस्टेन्स तथा समाधान’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको हो।

उक्त महत्त्वपूर्ण प्राविधिक गोष्ठीमा नेपालभरिका १२० जनाभन्दा बढी विशेषज्ञ डाक्टरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एन्टिबायोटिकको जथाभाबी प्रयोगले निम्त्याएको विश्वव्यापी संकट र नेपालको वर्तमान अवस्थाबारे गहन छलफल भएको थियो।

- Advertisement -
Ad image

एन्टिबायोटिकको सही प्रयोग र ल्याब टेस्टमा जोड
कार्यक्रममा भारतको प्रसिद्ध अस्पताल मेदान्त मेडिसिटीकी भाइस चेयरपर्सन डा. सुशीला कटरियाले मुख्य वक्ताका रूपमा आफ्नो विचार व्यक्त गर्दै एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) को विश्वव्यापी अवस्थाबारे चर्चा गर्दै नेपालमा जीवनरक्षक औषधिहरूले काम गर्न छाड्दै गएको (रेसिस्टेन्स बढेको) प्रति चिन्ता व्यक्त गरे। डा. कटरियाले ‘एन्टिबायोटिक्स स्टेवार्डसिप’ अर्थात् सहि समयमा, उचित मात्रामा र आवश्यक परेको खण्डमा मात्रै एन्टिबायोटिकको प्रयोग गर्नुपर्नेमा जोडदिनुका साथै, अनुमानका भरमा औषधि चलाउनु भन्दा विभिन्न प्रकारका आवश्यक ल्याब टेस्टहरू गरेर मात्र उपचार प्रक्रिया अगाडि बढाउन चिकित्सकहरूलाई सुझाव दिए।

न्यूरो क्रिटिकल केयरका आधुनिक आयाम
त्यसै गरी, कार्यक्रमका अर्का विशिष्ट वक्ता डा. राम इ. राजागोपालनले ‘न्यूरो क्रिटिकल केयर’ (मस्तिष्क तथा स्नायु प्रणालीको गम्भीर उपचार) का क्षेत्रमा आवश्यक पर्ने आधुनिक प्रक्रियाहरू र यसका जटिल समाधानका उपायहरूबारे विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए।

औषधि उत्पादन र अनुसन्धानमा सहकार्य
गोष्ठीमा औषधी उत्पादन क्षेत्रको लामो अनुभव समेट्दै गुफिक बायोसाइन्सेस लिमिटेडका एशोसिएट भाइस प्रेसिडेन्ट हेमन्त डावरले कम्पनीको ५६ वर्ष लामो औषधि उत्पादनको गौरवशाली अनुभव र सफलताका सुत्र बताउँदा सोही कम्पनीकी मेडिकल अफेयर्स हेड डा. समवेदा सामेलले गुफिकले आउँदा दिनहरूमा औषधि उत्पादन मात्र नभई नयाँ अनुसन्धान (Research) र वैज्ञानिक मेडिकल आर्टिकलहरूको प्रकाशनमा विशेष ध्यान केन्द्रित गरिरहेको प्रष्ट पारिन्।

नेपालमा क्रिटिकल केयर र एन्टिबायोटिकको सही प्रयोगका लागि यो गोष्ठी कोशेढुङ्गा सावित हुने सहभागी चिकित्सकहरूले विश्वास व्यक्त गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्