ग्यास आयात १५ प्रतिशतले बढ्यो, जगेडा सिलिन्डर नराख्न उपभोक्तालाई आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी खाना पकाउने ग्यास खरिद नगर्न आग्रह गरेको छ। ग्यास अभाव हुने आशंकामा अनावश्यकरूपमा सिलिन्डर सञ्चय गर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको संघको भनाइ छ।

संघका अध्यक्ष दिवानबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै जगेडा राख्ने वा थुपार्ने प्रवृत्तिका कारण अत्यावश्यक परेका उपभोक्ताले समेत ग्यास नपाउने अवस्था सिर्जना भएको बताएका छन्। “ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने वा बढी खरिद गर्ने गर्दा बजारमा कृत्रिम अभाव देखिइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

- Advertisement -
Ad image

उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको समस्या तत्काल समाधान हुने संघको दाबी छ। नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेकाले आगामी दिनमा पनि आपूर्तिमा कुनै समस्या नहुने अध्यक्ष चन्दले स्पष्ट पारेका छन्।

आयात सहज भएसँगै उद्योगहरूले सिलिन्डर रिफिलिङ गरी बजारमा पठाउने काम निरन्तर गरिरहेको जनाइएको छ। संघले सम्पूर्ण ग्यास विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री-वितरण गर्न आग्रह गर्दै बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सबैमा अपिल गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्