एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ सम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने भएको छ।

नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण मितिबारे जानकारी दिएका छन्।

- Advertisement -
Ad image

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने सचिव खड्काले जनाएका छन्।

एनपीएलमा प्रतिस्पर्धा गर्ने आठै टोलीले नेपाली खेलाडी अनुबन्धन गरिसकेका छन्। केही टोलीले विदेशी खेलाडी भित्र्याउने प्रयासमा छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्