‘कालाे चस्मा लगाएर देश बनाउनेहरुकाे ढङ्ग पुगेन’ रास्वपा सांसद झा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

मधेशको आगो निभेपनि दाउरा ननिभेको चेतावनी

काठमाडौं – रास्वपाका सांसद मनिष झाले सरकारमाथि कुनै शंका नभएपनि सञ्चालनमा ढङ्ग नपुगेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्य सञ्चालनमा संविधान र लोकतन्त्रको मूल मन्त्र आवश्यक भएको बताए।

- Advertisement -
Ad image

उनले भने, ‘सरकारमाथि कुनै कुनै पनि शङ्का छैन। कुनै प्रश्न छैन। तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ। त्यो स्वीकार्नु पर्छ। आफूलाई के थाहा छैन भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ। त्यसैले राज्य सञ्चालनको कुराहरूमा ढङ्ग सुधार्नुपर्छ।’ समाज शिक्षित नभएसम्म राजनीति जीवित नरहने उनको भनाइ छ।

उनले थपे, ‘यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन। यदि लोकतन्त्र जीवित छैन भने समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन। समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन। सामाजिक न्याय जीवित छैन भने वृद्धि हुँदैन र विकास पनि हुँदैन।’

उनले मधेशको आगो निभेपनि दाउरा ननिभेको चेतावनी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्