ग्यास संकट टार्न सरकारको ठूलो कदम: अब प्रतिमहिना ५० हजार मेट्रिक टन आयात गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत् छलफल भएको छ । संधै जसो देखिने खाना पकाउने एलपी ग्यासको हाहाकार र सम्भावित संकटलाई सदाका लागि अन्त्य गर्न सरकारले आयातको परिमाणमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ। उपभोक्ताको बढ्दो माग र बजारको संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले अबदेखि प्रतिमहिना ५० हजार मेट्रिक टन ग्यास आयात गर्ने रणनीति बनाएको हो। यसअघि साउन जस्ता महिनाहरूमा ३१ हजार मेट्रिक टनसम्म आयात हुँदै आएकोमा बजारलाई पूर्ण सुरक्षित राख्न आयातको गन्तव्य दर बढाउन लागिएको हो।

सरकारको यो नयाँ कदमले नेपाली बजारको उच्च माग हुने समय, विशेषगरी हिउँद र चाडबाडका बेला हुने ग्यासको अभावलाई पूर्ण रूपमा हटाउने विश्वास गरिएको छ। आपूर्ति व्यवस्था बलियो र नियमित हुने भएपछि उपभोक्ताले बजारमा अभाव हुने डरले अनावश्यक रूपमा सिलिन्डर थुपार्नु पर्ने स्थिति रहने छैन, जसले बजारमा हुने कृत्रिम संकटलाई समेत रोक्नेछ। ठूलो परिमाणमा आउने ग्यासलाई सुरक्षित राख्न र देशभित्रै पर्याप्त मौज्दात कायम गर्न सरकारले भण्डारण गृहहरूको क्षमता विस्तारलाई समेत प्राथमिकतामा राखेको छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्