नेप्सेमा आठ अंकको गिरावट: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – दुई दिन उकालो लागेको सेयर बजार आज घटेको छ । शुक्रबार नेप्से ८.३० अंक घटेर परिसूचक २६५३ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । आज १०३ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने १४ को स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् तथा ग्लोबल आईएमई बैंक छन् ।

- Advertisement -
Ad imageAd image

सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स र नेपाल फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले बढ्यो । त्यस्तै खानीखोला हाइड्रोपावरको ११.६३, उपकार लघुवित्तको १०.७९ बढ्यो ।

अपर लोहोरेखोला हाइड्रोपावरको १३.६५, धौलागिरि लघुवित्तको ११.२१, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.९७ प्रतिशत मूल्य घट्यो । यसदिन फाइनान्स १.०६ प्रतिशत बढ्यो । त्यस्तै जलविद्युत् ०.१६, माइक्रोफाइनान्स ०.१५, व्यापार ०.५२ प्रतिशत बढे ।

विकास बैंक जम्मा ०.२९ अंक हरियो रह्यो । बैंकिङ आज ०.९६ प्रतिशत घट्यो । होटल तथा पर्यटन ०.३८, लगानी ०.६२, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.४४, निर्जीवन बीमा ०.०२ तथा अन्य समूह ०.१३ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्