नेप्सेमा दोहोरो अंकको गिरावट, झन्डै ९ अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो ।

आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

- Advertisement -
Ad image

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ६७, वित्त शून्य दशमलव ६०, होटल तथा पर्यटन शून्य दशमलव ४४, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव ७३, म्युचुअल फन्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्