साताको कारोबारको अन्तिम दिन सेयर बजारमा उत्साह: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७०८ मा पुगेको छ । आज ११ अर्ब ५८ करोडको कारोबार भयो ।

कारोबारमा आएका २०१ कम्पनीको सेयर मूल्य बढ्यो भने ५५ कम्पनीको मूल्य घट्यो । यस्तै ४ कम्पनीको मूल्य सथिर रह्यो । कारोबार रकमका आधारमा यसदिन युनियन हाइड्रोपावर, राधि विद्युत,एसवाई प्यानल, आँखुखोला जलविद्युत अगाडि रहे ।

- Advertisement -
Ad image

आज कालीन्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, मोदी इनर्जी, रिडि पावर, खानीखोला हाइड्रो र घलेम्दी हाइड्रोको सेयर १० प्रतिशतले बढ्यो भने सुपर मादी हाइड्रोको सेयर १० प्रतिशतले घट्यो । यसदिन व्यापार बाहेक सबै सुचक हरीयाली भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्