नेप्से परिसूचकमा सामान्य अंकको सुधार: साढे ११ अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ५ अंकले बढेर परिसुचक २७३१ मा पुगेको हो । यसदिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४९ करोडको कारोबार भएको हो ।

कारोबारमा आएका १४१ कम्पनीको मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

- Advertisement -
Ad image

कारोबार रकमका आधारमा यसदिन आखुखोला जलविद्युत, राधी विद्युत, एसवाई प्यानल, युनाइटेड मोदि हाइड्रोपावर अगाडि रहे । आज कर्पोरेड डेव्लपमेन्ट बैंक, आखुखोला जलविद्युत र मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने पिपुल्स पावर र बुद्धभुमी हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो ।

यसदिन बैंकिङ, लगानी, जीवन बिमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा सुचक बाहेक अन्य सुचक बढेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्