काठमाडौं – लगातार छैटौं कारोबारको दिन पनि सेयर बजार घटेको छ । सोमबार ३ अंकले घटेर परिसुचक २६०६ मा कायम भएको छ । हिजो ५ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडमा झर्यो ।
आज नेप्सेमा गिरावट आउँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ९९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो । आज नेप्सेमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएपनि नेप्से घट्दा नेप्सेको पूँजीकरण भने ०.११ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा अपर स्याङ्गे हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सपोर्ट माइक्रोफाइनान्सको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।
नेप्सेमा गिरावट आएसँगै आज हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहको उपसूचक नकारात्मक बनेको छ ।


प्रतिक्रिया दिनुहोस्