लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अंकले घटेको छ । आज ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजारको कारोबार हुँदा नेप्से घटेर २६४५.२४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १२४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२६ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

आज नेप्सेमा कारोबार भएकामध्ये सागर डिस्ट्रिलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चर बिक्री गर्नेले भने सबैभन्दा धेरै गुमाए ।

आज नेप्सेमा झिनो अंकको गिरावट आउँदा विकास बैंक, वित्त कम्पनी, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त बाहेक सबै समूहको उपसूचक भने नकारात्मक रह्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्