झिनो अंकले घट्यो नेप्से: कारोबार रकममा गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेको छ । आज ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६१.०८ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले घट्दा ७७ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर, आज १७० वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad image

आज माबिलुङ इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा होटेल, हाइड्रो, म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको उपसूचक राताम्य बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्