साताको पहिलो कारोबार दिन नेप्सेमा सामान्य गिरावट: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अंकले घटेको छ । आईतबार नेप्सेमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५४०.५७ विन्दुमा पुगेको हो ।

आज नेप्से घट्दा १६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ७४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

- Advertisement -
Ad image

आईतबार सागर डिस्टिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा होटेल तथा पर्यटन र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक राताम्य भयो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्