३४ अंकले नेप्से बढ्दा कारोबार रकममा उछाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ३४.२२ अंकले बढेको हो ।

बिहीबार २१६ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा नेप्से परिसूचक २६००.३८ विन्दुमा पुगेको छ भने नेप्सेको पुँजीकरणमा पनि १.३३ प्रतिशतले वृद्धि भएको छ । तर, आजको कारोबारमा २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad image

आज नेप्सेमा कारोबार भएकामध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एनआईबिएल स्टेबल फन्डको बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचकमा वृद्धि भएसँग आज म्युचुअल फन्ड बाहेक सबै सबै समूहको परिसूचक हरियाली बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्