काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से ५ दशमलव १७ अंकले घटेर २ हजार ५ सय ६६.१६ विन्दुमा कायम भएको छ । सेयर बजारमा आज ३२१ कम्पनीका सेयर कारोबार भएका छन् ।
कुल १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५० हजार ४८७ कारोबारबाट ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार झण्डै एक अर्ब रुपैयाँले बढी हो ।
सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन, जलविद्युत, लघुवित्त तथा व्यापार समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादनशील क्षेत्र, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक भने ओरालो लागेका छन् ।


प्रतिक्रिया दिनुहोस्