तिहारपछिको पहिलो कारोबार दिनमा ५.१९ अंकले बढ्यो सेयर बजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँको सेयर कारोबार हुँदा ५.१९ अंकले नेप्से बढेर २५०९.०४ अंकमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ९८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको सेयर मूल्य भने आइतबार स्थिर रह्यो ।

- Advertisement -
Ad image

आज नेप्सेमा कारोबार भएका मध्ये १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९को को बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने तारागाउँ रिजेन्सी होटेलको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आईतबार जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र व्यापार समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्