सुरुवातमा सकारात्मक सर्किट लागेको नेप्से २२ अंकमा सीमित !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम दिन बिहीबार नेप्से सेयर कारोबारको ३ मिनेटमा नै सकारात्मक सर्किट लागेकोमा कारोबारको अन्तिम समयसम्म आउँदा भने २२.५९ अंकले मात्रै बढेको छ ।

एमालेमा पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीको कोर समूहमा रहेका नेताहरूले भक्तपुरबाट मुलुकमा थप राजनीतिक अनिश्चय पैदा गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सेयर बजारमा प्रभाव परेको अनुमान गरिएको छ ।

- Advertisement -
Ad image

बिहीबार ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा कारोबार भएकामध्ये २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको सेयर मूल्य घट्यो । त्यस्तै, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार बिन्दवासिनी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोपावरको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । बिहीबारको सेयर कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्