अस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयकलाई अघि बढाइएको बताएका हुन्।

- Advertisement -
Ad imageAd image

उनले शिक्षक महासंघका पदाधिकारीहरुले आफूहरुसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको बताए।

सभापति थापाले आफूले महासंघका अध्यक्ष, महासचिवलगायतसँग पटक-पटक छलफल गरेको र प्रायः जसो सबै विषय सहमतिमै टुंग्याइएको जानकारी दिए। महासंघले अहिले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको तर सरकारले त्यसलाई स्वीकार नगरेको उनले बताए।

समितिका सभापति थापाले अब अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गर्नका लागि उमेरहद नलाग्ने र उनीहरुले आयोग पास गर्न सकेनन् भने गोल्डेन ह्याण्डसेकमार्फत विदाइ गरिने व्यवस्था ऐनमा समावेश गरिएको जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्