रविको पक्षमा अहिलेसम्म ३२ लाख छ हजार ६०८ गरे हस्ताक्षर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३२ लाख छ हजार ६०८ हस्ताक्षर सङ्कलन भएको छ ।

यस्तै ६२ लाख १६ हजार ६६९ चन्दा सङ्कलन भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार यो आँकडा शुक्रवार (आज) सम्मको हो ।

- Advertisement -
Ad image

लामिछाने अहिले भैरहवा कारागारमा छन् । सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा गएका लामिछानेका विरुद्ध राज्यले प्रतिशोध साँधेको रास्वपाको दाबी छ ।

त्यही प्रतिशोधको विरुद्धमा भन्दै रास्वपाले गत असार ७ गतेदेखि हस्ताक्षर सङ्कलन अभियान थालेको थियो । त्यसमा आजको मितिसम्म यो आँकडामा हस्ताक्षर सङ्कलन भएको हो ।

रास्वपाले हस्ताक्षर अभियानका लागि स्वतस्स्फूर्त रूपमा सहयोग गर्नसमेत आह्वान गरेको थियो । उक्त आह्वानबापत् आजको मितिसम्म ६२ लाखभन्दा बढी रकम सङ्कलन भएको प्रवक्ता झाले जानकारी दिए । हस्ताक्षर अभियानमा विभिन्न पार्टीका नेताहरू तथा कलाकारहरूले पनि सहभागी भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्