दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडाैं – उच्च अदालत पाटनले राजावादी अभियान्ता दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय सुदर्शन देव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंविरुद्ध बैंकिङ कसूरको मुद्दामा तारेखमै राखेर अनुसन्धान गर्न आदेश भएको हो।

- Advertisement -
Ad image

तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ। तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्