पब्जी मोबाइल विश्वकपमा नेपालकाे होरा नवौं स्थानमा: जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै समग्र तालिकामा नवौँ स्थान हासिल गर्न सफल भएको छ।

फाइनल चरणको अन्तिम दिन अन्तिम खेलमा ‘चिकेन डिनर’ जितेको होराले १८ खेलमा कुल १०० अंक जोड्दै नवौँ स्थानमा स्थान बनाएको हो।

- Advertisement -
Ad imageAd image

यस उपलब्धिसँगै होरा इस्पोर्ट्सले विभिन्न चरणमा प्राप्त पुरस्कारसहित कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७८ लाख ९७ हजार १७५ रुपैयाँ) जितेको छ।

गत शुक्रबारदेखि आइतबारसम्म सम्पन्न लिग चरणमा १३औँ स्थानमा रहँदा होराले सिधा ग्रान्ड फाइनलमा प्रवेश गर्न सकेको थिएन। लिग चरणमा शीर्ष ८ भित्र नपरेपछि उनीहरूले सर्भाइभल स्टेजमार्फत फाइनलमा स्थान बनाएका थिए।

सर्भाइभल चरणमा होराले १२ खेल खेल्दै २ चिकेन डिनर सहित १०८ अंक जोडेका थिए, जसको आधारमा उनीहरू शीर्ष ८ भित्र पर्न सफल भए र ग्रान्ड फाइनलको यात्रा तय गरे। यस चरणमा पनि होराले २५ हजार डलर जितेको थियो ।

नेपाली टिमको यो सफलताले अन्तर्राष्ट्रिय इस्पोर्ट्स मञ्चमा नेपालको उपस्थिति अझ सशक्त बनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्