सम्पर्कविहीन हायू परिवारका सबैजना पोखरामा भेटिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सिन्धुलीबाट बेपत्ता भएका भनिएका एकै परिवारका १६ जना  पोखरामा भेटिएका छन् । प्रहरीको खोजीमा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना पोखरा भेटिएका हुन् ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीमा खबर पुगेपछि खोजी शुरु गरिएको थियो ।

- Advertisement -
Ad imageAd image

प्रहरीले खोजी गर्दै जादा उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेको भेटिएको छ । उनीहरु शनिबार सो होटलमा बसेर आइतबार होटल छोडेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीले अहिले उनीहरु पोखरा-३० मा भेटिएको बताएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्