एमालेको सचिवालय बैठक बस्दै: विधान महाधिवेशन बारे छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासलस्थित, नेकपा एमालेको केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो। सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

- Advertisement -
Ad image

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बस्न लागेको हो।बैठकमा विधान महाधिवेशनमा लगिने विधानको खाका प्रस्तुत हुनेछ।

विधानको खाका ल्याउने जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दिइएको छ। गत ११ असारको सचिवालय बैठकबाट भएको निर्णय बमोजिम अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष पौडेलले विधान प्रतिवेदन तयार पार्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्