काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको उदार र अर्थतन्त्र विस्तारमा योगदान गर्ने मौद्रिक नीतिलाई सेयरबजारले सकारात्मक रुपमा लिएको छ।
आईतबार पहिलो कारोबार दिन सेयरबजार परिसूचक नेप्से २९ अंकले बढेर २७६०.८० विन्दुमा पुगेको हो। योसँगै बजारमा कारोबार पनि बढेको छ। ३ करोड २५ लाख कित्ता बिक्रीपछि बजारमा ११ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको हो।
यस दिन १५८ वटा सेयरको मूल्य बढ्दा ९० वटाको घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसदिन एनआईसी एसिया, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त, नेस्डो लघुवित्त र समाज लघुवित्तको सेयर क्रमशः ९.९९, ९.९९, ९.६१, ७.३० र ६.५० प्रतिशतले बढेका छन्।
त्यसैगरी हिमालयन हाइड्रोको सेयर ९.९३ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर ७.३४ प्रतिशतले, भगवती हाइड्रोपावर डेभलपमेन्ट, पञ्चकन्या माई र ङादी ग्रुप पावरको क्रमशः ६.९३, ५.३६ र ४.७१ प्रतिशतले घटेको छ।
कारोबारतर्फ आज एनआईसी एसिया बैंकको ३७ करोड, बुटवल पावर ३२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सानिमा माई हाइड्रो २५ करोड र सीईडीबी होल्डिंग्सको २४ करोडको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्