प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेनको औपचारिक भ्रमणका लागि निस्कँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज युरोपेली मुलुक स्पेनको भ्रमणमा निस्कन लागेका हुन्।

स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउने छन्।

- Advertisement -
Ad image

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटवार्ता गर्ने भएका छन्। सन् २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि प्रधानमन्त्रीस्तरीय भेटवार्ता हुन लागेको यो पहिलो अवसर हो।

त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर पनि हुनेछ। प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया हुनेछ भने सो सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने जनाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्