झिनो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम नेपाल स्टक एक्सेचञ्ज (नेप्से) घटेरै बन्द भएको छ । बिहीबार नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा आएको छ । नेप्से ०.१७ प्रतिशतले घट्दा कारोबार भने बढेको छ ।

बिहीबार दिनभरमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

- Advertisement -
Ad image

दिनभरमा ३०६ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार २३९ पटक शेयर किनबेच भएको छ । बिहीबार १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह १ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी होटल समूह १.८७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.१२ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्