नेपाललाई ३४ रनले पराजित गर्दै स्कटल्याण्डले जित्यो त्रिकोणात्मक टि–२० सिरिजको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय सिरिज घरेलु टोली स्कटल्याण्डले जितेको छ। अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै स्कटल्याण्डले सिरिज जितेको हो।

स्कटल्याण्डले जितको लागि दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा एक सय ५९ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए। उनले २२ बलमा एक चौका र ३ छक्का प्रहार गरे। यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ तथा कप्तान रोहित पौडेलले २७ रन बनाए। स्कटल्याण्डका क्रिश ग्रीभ्सले तीन तथा सफ्यान शरिफले दुई विकेट लिए।

- Advertisement -
Ad imageAd image

यसअघि स्कटल्याण्डको टिटउट रङ्गशालामा टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको थियो।

स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले। उनले ३९ बलमा पाँच चौका र छ छक्कासहित सर्वाधिक ७८ रन बनाए। त्यस्तै ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे। यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक/एक विकेट हात पारे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्