साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएका छन् । आज नेप्से २४ अंक घटेको छ भने परिसुचक २६२८ अंकमा कायम भएको छ ।

आज ११ अर्ब २३ करोडको भयो । कारोबारमा आएका ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । कारोबारका आधारमा आज ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् अगाडि रहे ।

- Advertisement -
Ad image

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घट्यो ।

यसदिन व्यापार सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.५०, विकास बैंक १.१२, फाइनान्स ०.९३, होटल तथा पर्यटन ०.९६, हाइड्रोपावर १.३४, लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६, निर्जीवन बीमा ०.३४ तथा अन्य समूह १.१२ प्रतिशत घटे ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५.५५, शिवश्री हाइड्रोको ४.०४, पाँचथर पावरको ३.५९ र आँखुखोला जलविद्युत् कम्पनीको ३.२३ प्रतिशत बढ्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्