काठमाडौँ – गत बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेका थिए । पौडेलले प्रस्तुत गरेको बजेटमा शेयर बजारका लागि ५ बुँदामा समेटे ।
बजेटमा समेटिएको ५ वटै बुँदा शेयर बजारका लागि सकारात्मक नै भएपनि बजेटपछि खुलेको शेयर बजारमा भने खासै सकारात्मक देख्न भने सकिएन । नेप्से परिसूचक आज सामान्य बढेको छ । आज नेप्से २.७७ अंकले बढेर २६९५.८४ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै न्यादी हाइड्रोको शेयर मुल्य ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्